फेरि उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन सेवा सुरु

admin

काठमाडौं, १२ साउन : फेरि पनि उत्तर कोरिया र दक्षिण कोरियाबीच हटलाइन सेवा सुरु भएको छ । दुई देशबीचको सञ्चारका लागि हटलाइन सेवा फेरि सुरु गरिएको हो । गएको वर्षको जुनमा उत्तर कोरियाले हटलाइन बन्द गरेको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताबीच सम्बन्ध सुधार गर्ने सहमति भएको छ । दुई देशका प्रमुखबीच गएको अप्रिलदेखि पत्र आदानप्रदान समेत हुने गरेको कार्यालयले दाबी गरेको छ । दक्षिण कोरिया र उत्तर कोरियाबीच भएको एक सम्मेलनमा सहमति नजुटेपछि सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उत्तर कोरियाले हटलाइन बन्द गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया