फेरि न्यून चापीय प्रणालीको प्रभाव, आज देशभरको मौसम कस्तो रहला?

admin

काठमाडौं, पुस २१ : नेपालको पश्चिमी क्षेत्रबाट फेरि पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएकाले सोमबार बेलुकादेखि मौसममा प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर दिनभर भने मौसम देशभर सामान्यतया सफा नै रहने मौसमविद समिर श्रेष्ठले जनाएका छन् । हाल मध्य र पूर्वका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम तराईमा भने हुस्सु कुहिरो तुलनात्मक रुपमा कम रहेको छ ।

पूर्वी र मध्य तराईमा लागेको हुस्सु र कुहिरो दिउँसो हट्ने मौसमविद श्रेष्ठले बताए । काठमाडौँसहितका क्षेत्रमा भने दिनभर नै मौसम सफा रहने जनाइएको छ । सोमबार बिहान १.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ डिग्रीसम्म पुग्ने छ ।

पश्चिमका क्षेत्रमा बेलुकादेखि मौसम बदली हुने छ । तर सोमबार नै वर्षा हुने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव मंगलबारदेखि पश्चिम हुँदै मध्य र पूर्वी क्षेत्रमा पर्ने जनाइएको छ ।

प्रतिक्रिया