फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

admin

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शनिबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो ।

आइतवार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया