फेरी घट्यो सुनको मूल्य !

मनिषा थापा

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज झनै
घटेर बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।  त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया