फेरी बढ्यो सुनचाँदीको भाउ,तोलाको कति ?

राष्ट्रिय समाचार समिति

काठमाडौं, १६ असोज : आज साताको पाँचौँ दिन अर्थात बिहीबार नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ हिजो बाट पुन: उकालो लागेको छ। हिजो प्रतितोला ६ सयले बढेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको छ ।

हिजो प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया