फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थाले

admin

काठमाडौँ, १९ असोज : सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टापछि चल्न थालेको छ । सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रोकिएको थियो ।

तीनै वटा सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ ।

डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ । यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो ।

प्रतिक्रिया