फोनमा गेम खेल्दा खेल्दै ८ बर्षिय बालकको हातमा पट्कियो मोबाइल, छुट्यो हातको औला

रिता घिसिंग

पिएनपिखबर : ८ बर्षिय बालकको हातमा मोबाइल पट्केको घटना बाहिरिएको छ। हातमा मोबाइल पट्केका कारण औला सबै छुटिएको छ। पिता श्रीपत जाधवका अनुसार बालकले टिभीमा बिज्ञापन हेरेर IKall K72 फिचर फोन मगाएका थिए। जम्मा १५ सय रुपैयामा तीन फोनका साथ एक घडी पनि थियो। यस फोनको मुल्य अमेजनमा मात्र ३ सय ९ रुपैया छ।

८ बर्षिय बालक प्रशांत IKall K72 फोनमा गेम खेल्दै थिए। अचानक फोन हातमा पट्कियो। र उनिको हातको औला सबै छुट्यो ।

मुम्बईका आईटी एक्सपर्ट मंगलेश एलियाका अनुसार अनलाइनमा पाइने सस्तो खालको फोनको बिल्ट क्वालिटी एकदम खराब हुन्छन। यस्तो फोनमा प्रयोग गरिने हार्डवेयर मटेरियल जस्तै मदरबोर्ड, रैम, मेमोरी, ब्याट्रीको मेकिंग पैरमीटर्स पुरा भएको हुदैन। जसकारण मोबाइल पट्कीन्छ।

प्रतिक्रिया