फ्रान्सेली नागरिक बेपत्ता

राष्ट्रिय समाचार समिति

रसुवा, २३ साउन : रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएका भएका छन् । जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.४५ वजे खुट्टा धुन खोलामा गएकी राहदानी नं 11CP00778 वर्ष ७१ की हरतीङ्गेर इल्फ्रेड रसुवागढीबाट एक किमी दुरी दक्षिण घट्टेखोलाले बगार्इं बेपत्ता बनाएको हो ।

रसुवा जिल्ला गोशाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा घटना भएको थाहा पाउँदा साथ खोज उद्धारका लागि सीमाक्षेत्रको सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

ठाडो खोलामा वर्षायामको पानी बाहव तीब्र भएको र घटनास्थल भोटेकोशी नजिक गहिरो खोच भौगोलिक विकटजस्ता समस्या भए पनि सुरक्षाकर्मीद्वारा तदारूक्ताका साथ खोज उद्वार काम अगाडि बढाइ रहेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरूष ढकालले बताउनुभयो । ती महिला काठमाडाँैस्थित सत्यम टुर एण्ड ट्रावलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया