बंगलादेशलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

पूजा बानियाँ

एजेन्सी: एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो ।

योसँगै भारत सातौं पटक उपाधि विजेता बनेको छ। युएईमा भएको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४८.३ ओभरमा २२२ रन बनाएर अलआउट भएको थियो। बंगलादेशले दिएको २२३ रनको लक्ष्य पूरा गर्नु भारतका लागि पनि संघर्षपूर्ण नै रह्‍यो। जीतका लागि उसले अन्तिम बलसम्म कुर्नुपरेको थियो।

फाइनलमा भारतका कुनै पनि खेलाडीले अर्धशतक पूरा गर्न सकेनन्। भारतका लागि रोहित शर्माले सर्वाधिक ४८ रन जोडे। उनले ५५ बलमा सो रन बनाएका थिए। सो क्रममा उनले ३ चौका र छक्का प्रहार गरेका थिए।

त्यस्तै दिनेश कार्तिकले ३७ रन बनाउँदा महेन्द्र सिंह धोनीले ३६ बनाए भने घाइते केदा जाधवले नटआउट २३ रन खेले। सातौं पटक उपाधिमा कब्जा जमाउने दाउमा रहेको भारतका लागि अन्तिम दुई ओभरमा ९ रनको आवश्यक थियो तर उसले सो ओभरमा मात्र ३ रन बनाउन सक्यो र खेल अन्तिम ओभरमा पुग्यो।

बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको साझेदारी गर्दै बंगलादेशलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर २१ औँ ओभरमा केधार जादवको बलमा आंबित रायूडुले क्याच गर्दै मिराजलाई ३२ रन पेभिलिएन फर्काएपछि बंगलादेशको लय गड्बडायो र भारत खेलमा फर्कियो ।

मिराज आउट भएपछि बंगलादेशले लगातार आफ्नो विकेट गुमायो। उसका लागि सौम्य सरकार बाहेक अन्य कुनै पनि मध्यक्रमका ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतीय बलर सामु कुनै पनि ब्याटम्यानलाई क्रिजमा टिक्न दिएनन् जसका कारण ऊ २२२ रनमा सिमित भयो। २१ ओभरमा १२० – १ को स्थितिमा रहेको बंगलादेश ३३ ओभरमा पुग्दा १५१–५ को स्थितिमा पुगेको थियो ।

छैटौ विकेटका लागि सौम्य सरकार र दासले ३७ रनको साझेदारी गर्दै बंगलादेशको संकटलाई नियन्त्रण गर्ने प्रयास गरे । भारतीय बलर सामु खुलेर खेलेपनि ४१ औँ ओभरमा कुलदिप यादवको बलमा विकेट किपर महेन्द्र सिंह धोनीको स्टिम्पिङबाट दास आउट भए ।

दास १ सय १७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २१ रनमा बंगलादेशका लागि सर्वाधिक रन बनाएर पेभिलिएन फर्किए । सरकारले भारतीय बलरको डटेर सामना गरे तर अन्य ब्याटम्यान टिक्न सकेनन् । उनी पनि ४५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै ३३ रनमा रन आउट भए ।

उनीहरू बाहेक बंगलादेशका ८ ब्याटम्यानले दोहोरो अंकमा रन जोडन सकेनन् । बंगलादेशका लागि नाजमुल इस्लाम ७, मोहमम्द मिथुन २, मुश्फिकर रहिम ५,महामुदुल्लाह ४,मशरफी मुर्तजा ७,इमरुल कायेस २ रनमा आउट भए ।

भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया