बच्चालाई दुर्ब्यबहार गरेको भन्दै सलमानले हाने आफ्नै सेक्युरिटीको गालामा झापड

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘भारत’ जुन ५ देखि रिलिज भैरहेको छ। भर्खरै मुम्बईको एक महलमा यस फिल्मको प्रिमियर राखिएको थियो । महलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् ।

यतिबेला उक्त भिडियो सामाजिक संजालमा भाइरल नै भइरहेको छ । भिडियोमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको देखिन्छ। भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् ।

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् । सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू