बच्चालाई लागेको नराम्रो नजर उतार्न अपनाउनुहोस् यी पाँच उपाय

रिता घिसिंग

पिएनपिखबर : हाँस्ने-खेल्ने गरिरहेको बच्चा अचानक बिरामी पर्न थाल्नु भयो, रुने, खाली झगडा गर्ने व्यबहार देखाउन थालेमा बुझ्नुहोस् तपाइको बच्चालाई कसैको नजर लागेको छ। हाम्रो समाजमा नजर लाग्ने मान्यता धेरै पुरानो हो। यदि बच्चालाई लागेको नराम्रो नजर उतार्न चाहनुहुन्छ भने अपनाउनुहोस् यी पाँच उपाय :

१, एक सफा रुमालमा हनुमानजीको पाउको अबिर लगाउनुहोस् र उक्त रुमालमा १० ग्राम कालो तिल, १० ग्राम मास, ३ ओटा रातो खुर्सानीलाई एक साथ बाध्नुहोस। जुन बच्चालाई नजर लागेको छ उसको सिरानी मुनि उक्त पोको राखिदिनुहोस। २४ घण्टापछि उक्त पोकोलाई नदिमा फालीदिनुहोस।

२, नजर लागेको बच्चालाई सुताएर फिटकिरीको एक टुक्रा उसको शिर देखि खुट्टासम्म सात पटक उतार्नुहोस्। ध्यान दिनुहोस हरेक पटक शिर देखि पाउसम्म छोएर उतार्ने गर्नुहोस र उक्त फिटकिरीलाई बलेको आगोमा हाली दिनुहोस।

३, यदि बच्चा स्तनपान गरिरहेको छैन भने दुधलाई एक कचौरामा लिएर बच्चाको शिर देखि पाउसम्म सात पटक उतारेर कुकुरलाइ खुवाउनुहोस्।

४, अलिकति रायोको बिउ, नुन र डाँठसहित रातो खुर्सानी एक मुठ्ठी देब्रे हातमा लिएर बच्चालाई सुताएर बच्चाको शिरदेखि पाउसम्म सातपटक उतारेर आगोमा हलिदिनुहोस। यसो गर्ने समयमा कोहि पनि बोल्नु हुदैन।

५, एउटा रोटी बनाउनुहोस् र रोटीलाई एकतर्फ मात्र सेकाउने गर्नुहोस। अर्को पट्टि काँचो नै छोडीदिनुहोस। सेकाएको भागमा तेल वा घिउ लगाएर नजर लागेको बच्चाको शिर देखि पाउसम्म सात पटक छोएर उक्त रोटीलाई कुनै चाउरमा लगेर छोडीदिनुहोस।

प्रतिक्रिया