बच्चा जन्माउने बेलामा हामी नै चाहिन्छ जब जन्मिन्छ तब हामी दलित हुन्छौं : रवि कुमार राम

मनिषा थापा

पिएनपिखबर : हामी २१ औ शताव्दीमा छौ जसलाई आधुनिक युग पनि भनिन्छ। वर्तमान समयमा बोलीले जतिनै छुवाछुत प्रथा हटिसक्यो भनेपनि व्यहारमा अझै कायम नै छ। पहाडी भन्दा पनि मधेसी क्षेत्रमा छुवाछुत बढी रहेको रौतहटका रवि कुमार राम बताउँछन्।

उनले मधेसमा अधिकांश ठुला जातका हुनेखाने व्यक्तिबाट अपहेलित हुनुपरेको दुखेसो पोखे। पूर्वजले कामको आधारमा जात वर्गीकरण गरे पनि मानिसलाई अछुत व्यवहार गर्नु गलत रहेको उनले बताए। उनले उदाहरण दिँदै भने, ‘उच्चस्तरका व्यक्तिको घरमा शिशु जन्माउने बेलामा चमार चाहिने विश्वासले मेरो घरको श्रीमती, बुहारीको उपस्तिथी रहन्छ जब शिशु जन्मिन्छ तब दलित भन्दै बाहिर निकालिन्छ। लुगा सिलाएको कपडा लगाउने, दलितले सिलाएको जुत्ता लगाउने अनि त्यही व्यक्ति कसरी हुन्छ अछुत ?’

जनमुक्ति सेनामा काम गर्ने अवसर पाएका उनले धेरै पहाडी जिल्लामा घुमे। त्यहाँ आफुले दलित भएनी धेरै सम्मान पाएको बताए। तर तराईमा अशिक्षाको कमी भएको कारण जातीय विभेद बढी रहेको र छिटो भन्दा छिटो जनचेतना फैलाउन पर्ने उनको भनाई छ। उनले भने, ‘देश परिवर्तनको संघारमा छ। सपना सबैको सुन्दर नेपाल बनाउनु हो तर जातीय विभेद, छुवाछुतले गर्दा सफल हुन् सक्दैन। सबैलाई काट्दा रगत आउँछ त्यसकारण मानवता देखाई हामी सबै एकै हौ भन्ने भावना जगाउनु पर्छ।’ बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू