बजेट अभावको कारण कर्णालीको उत्तरी नाकाको काम अगाडि बढेन

admin
  • खगेन्द्र हमाल

सुर्खेत, मंसिर ३ : कर्णाली प्रदेश सरकारले कर्णालीका उत्तरी नाकालाई प्राथमिकतामा राखेको छ ।कर्णाली प्रदेशका उत्तरी नाका मुगुको नाक्चेलाक्ना, डोल्पाको मोरिल्ला र हुम्लाका हिल्सामा सुस्त गतीमा काम भइरहेको छ । चीन सरकारले कर्णाली प्रदेशको उत्तरी नाका हिल्सा खोल्नका लागि तयार भएको छ भने, मुगुको नाक्चेगाल्ना र डोल्पाको मोरिल्ला नाका खोल्न आनाकानी गर्दै आएको छ ।सरकारले प्राथमिकतामा राखेका योजनाहरु राष्ट्रिय गौरवका आयोजनामा नराख्दा र थोरै बजेट विनियोजन गर्दा अहिले कर्णालीका उत्तरी नाका खोल्नमा धेरै गार्‍हो भएको छ।

कर्णाली प्रदेशको उत्तरी नाका रुपमा रहेको नाक्चेगाल्ना नाका खोल्नका लागि प्रदेश सरकारले प्राथमिकता राख्दै आएपनि अहिलेसम्म मुगुको गमगढीदेखि नाग्चेलाग्नासम्म ९६ किलोमिटरमध्ये हाल गमगढीदेखि थाइलसम्मको १६ किलोमिटर ट्र्याक मात्रै खोलिएको छ ।उक्त १६ किलोमिटर सडकको ट्र्याक ओपन भएपनि त्यसभन्दा अगाडीको आर्थिक बर्षमा बजेट नै विनियोजन नभएको हुँदा चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियोे।आर्थिक बर्षमा सडक निर्माणका लागि बजेट नै नआउदा कामको गति सुस्त भएको हो।यो आर्थिक बर्षमा १० करोड बजेट छुट्याएपछी डिपिआर तयार भएर अहिले ठेक्का खोल्ने तयारीमा रहेको छ।

नाक्चेलाग्ना नाका खोल्नको लागि सरकारले विनियोजन गरेको बजेटमध्ये थाइलभन्दा अगाडी ठुलो नाङ्लेभीर रहेको त्यो भीर फोडन्का लागि अनिवार्य व्लाष्टिङ् गर्नुपर्ने छ।जहाँ भयानक ठुलो भीर छ र बजेट थोरै छ।यो नाका खोल्नका लागि यो रकम एकदमै कम हो।सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको उत्तरी नाकालाई बजेट थोरै दिने र सरकारी चासो कमै हुने गरेकोले काम कार्य ओझेलमा परेको हो।नाग्चेलाग्ना नाका खोल्न ०६७ देखि निर्माण सुरु भएको हो । यो सडकमा १० करोड रुपैयाँ खर्च भइसकेको छ । सुर्खेतबाट नाग्मा, गमगढी हुँदै तिब्बत सीमासम्म तीन सय ९० किलोमिटर लामो रहेको यो सडकखण्डमा बजेट भने एकदमै थोरै रहेको छ।

अर्को महत्त्वपूर्ण योजनाको रूपमा रहेकोे भेरी करिडोर हुदैँ डोल्पाको मोरिल्लानाका खोल्नका लागि सरकारले यो आर्थिक बर्षमा बजेट नै विनियोजन गरेको छैन्।डोल्पाको दुनैदेखि मोरिल्लासम्मको १२७ किलोमिटर सडकमध्ये डोल्पाको धौदेखि चीनको मोरिल्ला जोड्ने ६५ किलोमटिर सडक ट्रयाक ओपन भइसकेको सडक डिभिजन कार्यालय रुकुम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए ।

‘डोल्पा सदरमुकाम दुनैदेखि मोरिम्लासम्म १२७ कि:मि:मध्ये मोरिम्लादेखि दुनैतर्फको धौसम्मको ६५ किलोमिटर सडक निर्माण भइसकेको छ। उनले भने बीचमा कडा चट्टान भएका कारणले काम गर्न समस्या भएको छ।दुनैदेखिको धौसम्मको सडक निर्माणका लागि वातावणिय मुल्याङ्कन काम शुरु भएको र सरकारले बजेट विनियोजन पनि नगरेको प्रमुख भट्टले बताए।

प्रतिक्रिया