बझाङकि उपमेयरले दोहोरो सुविधा लिदै स्वास्थ प्रमुखलाई धम्की

admin
  • खगेन्द्र हमाल

बझाङ: बझाङ जिल्लाको बुङल नगरपालिकाकि उपमेयर मिना जागरीले आफुले स्वयंसेविकाको भत्ता नपाएको भन्दै कफलसेरी स्वास्थ्य चौकीका प्रमुख शिवराज खठायतलाई गालीगलोज गरेकी छन् ।कार्तिक महिनामा भिटामिन ‘ए’ खुवाएबापतको स्वयमसेविकालाई दिईने भत्ता आफुलाई नदिएको भन्दै खठायतलाई गालीगलोज गरेकी हुन् ।

बझाङ बाट हाम्रा सहकर्मी उमेश विस्टले पठाएको रिपोर्ट अनुशार सार्वजनिक अडियोमा उनले उपमेयर को हो भन्ने कुरा प्रत्यक्ष भेटमा चिनाई दिने भन्दै धम्की दिएकी छन् । अडियोमा उपमेयर जागरीले खडायतलाई ‘तेरो कुरा सुन्नुछैन’ भन्दै अपशब्द प्रयोग गर्दै गाली गलोज गरेकी छन् । सबै स्वयंमसेविकाको पैसा दिई सकेको भए पनि ‘तपाईलाई नभेटेका कारण पैसा दिन सकिएन’ भन्ने प्रसंगमा उपमेयर जागरीले अपशब्द तुच्छ शब्द प्रयोग गर्दै गालीगलोज गरेकि हुन।

कुराकानीका सिलसिलामा उनले भुक्तानीका बेला किर्ते दस्तखत गर्न कुन कानुनले दिएको छ, भनेकी छन् । तर उपमेयरलाई दोहोर सुविधा लिन पाउने कानुनमा छैन भन्ने समेत थाहा नभएकी उपमेयरले स्थानीय तहको निर्वाचन पछि पनि अहिलेसम्म राज्यबाट दोहोरो सेवा सुविधा लिदै आएकि छिन। स्वास्थ्य चौकी प्रमुख खडायतले माफी माग्दा पनि उनको आक्रोश रोकिएन् ।

सविक कफलसेरी गा.वि.स वडा नं की स्वयमसेविका रहेकी उपमेयर जागरी हाल बुङल नगरपालिका उपमेयर हुन् ।उनी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट निर्वाचित उपमेयर हुन।स्वयमसेविकाको पदबाट राजिनामा नदिएरै उनी उपमेयर भएकी मिना जागरी अहिले पनि स्वास्थ्य चौकीले स्वयमसेविकालाई दिने भत्ता लिदैँ आएकी छन् ।

यस्तै घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता नदिएको भन्दै उनै उपमेयर मीना जागरीले कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी निरुपति चौधरीलाई अभद्र व्यवहार गरेकी छिन् । नियमअनुसार घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता दिन नमिल्ने भनेपछि उपमेयर जागरीले अनमी चौधरीलाई तथानाम गाली गर्दै जागिर छोडेर जान धम्की दिएकी छिन।

मेयरको धम्की पछि अनमी चौधरीले पत्र लेख्दै जागिर छोडेर हिडेको स्वास्थ्य चौकी प्रशासनले जनाएको छ । अनमी चौधरी विगत तीन बर्षदेखी करारमा काम गर्दै आएकी थिईन। उपमेयर जागरी स्वास्थ्य संस्थामै पुगेर अनमी चौधरीलाई तुच्छ व्यवहार गरेकि थिईन।अडियोमा जागरीले अनमी चौधरीलाई बुवाको छोरी भए जागिर छोडेर जा भन्दै गाली गलोज गरेको प्रष्ट छ ।

अगाडीको समयमा व्यवहारिक रुपमा घरमा सुत्केरी भएकी महिलालाई पनि सुत्केरी भत्ता दिदैँ आएको अडियोमा प्रष्ट छ । गरिब तथा आर्थिक अवस्था नाजुक भएकालाई व्यवहारिक रुपमा दिदाँ फरक नपर्ने भन्दै उपमेयर जागरीले चौधरीलाई आग्रह गरेको तर अनमी चौधरीले दिन नमिल्ने बताएपछि अनमीलाई धम्क्याएको प्रष्ट हुन्छ ।

अगाडीको आर्थिकको जिम्मा आफुलाई थाहा नभएको भन्ने अनमीको जवाफमा उपमेयर जागरीले ‘म संग बढी फुर्ति लगाउने, तेरो बाउले दिएको उपमेयर हो ?भन्दै तनाथाम गालीगलौज गरेकी थिइन।

प्रतिक्रिया