बझाङमा भूकम्प गयाे, दिल्लीसम्म धक्का महसुस

admin

काठमाडौँ, ३ मङ्सिर: बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका-१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो । बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ ।

प्रतिक्रिया