बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

admin

काठमाडौं, माघ ५ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो।

सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ। सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।

प्रतिक्रिया