‘बनावटी अनुशन्धान गरेर आलमलाई फसाउन खोजियो’

मनिषा थापा

पिएनपिखबर : कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई हत्या गरेको आरोपमा फसाइएको भन्दै रौतहटमा कांग्रेसका कार्यकर्ताहरुले विरोध गरिरहेका छन्। आलमका समर्थकहरुले रौतहटमा नेपाली कांग्रेस समाप्त पार्नको लागि सरकारले आलममाथि झुटो आरोप लगाएको भन्दै हिजो (मंगलबार) अदालत बाहिर विरोध गरेका थिए । 

सरकार र प्रहरी प्रशासनले बनावटी अनुशन्धानबाट झुटो प्रमाण पेश गरी आलमलाई फ़साइएको स्थानीय मोहम्मद फारुक आलामले बताए। उनले भने, ‘राजपुरमा घटना घटेकै छैन, राजनीतिकरण गरी आलमलाई फसाउन खोजियो ।’

बम विस्फोटमा परेका घाइतेहरुलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेस सांसद आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान शुरु भएपनि कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको थियो। २०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू