बन्दाबन्दिमा बदलिएको यौन जीवन !

अस्मिता बेल्बासे
  • गोपाल ढकाल मनोविद,
    मार्क नेपाल मनोसेवा केन्द्र

काठमाडौं, लकडाउनले गर्दा अहिले व्यक्तिहरु फुर्सदिलो भएका छन् । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा झनैबढी ध्यान जानसक्छ ।

तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि व्यक्ति यौनकर्मप्रति बढि लालायित हुनपुग्छ ।

जैविक तथा मानसिक दुबै हिसाबले यौन मानिसको जिवनमा महत्त्वपूर्ण पनि हुन्छ । तर, लकडाउन र सेल्फ क्वारेन्टाइनको कारणले व्यक्तीको यौन जिवनमा समेत प्रभाव परेको सजिलै अनुमान गर्नसकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडीमध्ये कुनै एक जनामा कोरोनाको संक्रमण रहेछ भने अर्को यौन जोडीलाई सर्ने जोखिम हुन्छ ।

यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले जोखिम झनै बढाउँछ । यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । तसर्थ यौनज‍ोडीहरु, जो लामो समयदेखिसँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौन सम्बन्ध राख्दा कुनै बाधा नपर्ने विज्ञहरुले बताउदै आएकाछन ।

तर, यो समयमा अपरिचित र परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा पनि वैकल्पिक उपाय अपनाउन थालिएको छ । वैकल्पिक साधनहरुको प्रयोग पनि बढेर गएकोछ ।

विश्वभरि नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेकोछ । क्यानडामा सेक्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएको छ ।

पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ । इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएकोछ ।
लकडाउन लागू भएपछि विश्वमा नै ‘पोर्न साइट’ हेर्नेको संख्या समेत बढेर गएको छ ।

पोर्न हब’को आँकडा अनुसार तीन हप्ताको लक डाउन अवधिमा भारतमा एडल्ट साइट्स खोल्नेहरको संख्या ९५ प्रतिशतले बढेको देखिन्छ । आँकडा अनुसार भारतमा मार्चको अन्तिमसम्ममा लकडाउन शुरु हुनुभन्दा पहिला पोर्न साइट २० प्रतिशतले मात्र हेर्ने गर्दथे ।

तर, लकडाउनको तीन हप्तामा भारतमा त्यसको संख्या बढेर ९० प्रतिशत पुगेको छ । यसरी हेर्दा लकडाउनको समयमा धेरै पोर्न हेर्ने देशहरु मध्ये भारत पहिलो नम्बरमा पर्न आउँछ । लकडाउनका कारण भारत, फ्रान्स, जर्मनी, इटाली, रुस, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्याण्ड र अमेरिकामा पोर्न साइट हेर्नेको संख्या अत्याधिक बढेको पाइएको छ ।

नेपालमा पनि चाईल्डसेफनेटले लकडाउनका अवधिमा गरेको एक सर्वेक्षण अनुसार ४१ प्रतिशत भन्दा बढीले अश्लील साईट हेर्नेगरेको पाइएको छ । लकडाउन अवधिभर विभिन्न १ हजार २ सय जना ईन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त अध्ययनले सो कुरा देखाएको हो ।

लकडाउनको समयमा विश्वभरि नै अश्लील साईट हेर्नेको संख्या बढेसँगै पोर्नस्टारहरुको कमाइ र माग पनि बढेर गएकोछ । अरुबेला चर्चामा नआएका पोर्न फिल्महरु पनि लकडाउनको बेला चर्चामा आउँन थालेको द फ्रि स्कोचको अलिशनले जनाएकोछ ।

लकडाउनको समयमा पनि सुरक्षाको उपाय अपनाउदै शारीरिक सम्बन्ध राखेका भिडियोहरु विभिन्न पोन साईटहरुले अपलोड गरिरहेका छन् । लक‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् ।

‘डिसर्टेडडाउनको अवधिमा धेरै पोर्न साइटहरुले वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ । साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका छन् ।

रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित हुन्छ। जसको कारण यौनसम्पर्कजन्य संक्रमणको डर बढ्छ । साथै अनिच्छित गर्भ रहन सक्छ ।  राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अनिच्छित गर्भरहने जनाएको छ ।

लकडाउनका कारण सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने बन्द भएपछि मनोरञ्जनको विकल्प सीमित भएका छन् । त्यसै कारणले पनि मन बहलाउन मानिसहरूको तन , मन यौन तर्फ गएको अनुमान गर्न सकिन्छ । तर यौन जोडि यसमा तयार नहुदा यौन हिंसा समेत हुनपुग्छ ।

यस्तै एउटा घटना घटेको छ। लकडाउनको बेला श्रीमानले अत्यधिक यौन सम्पर्क राख्न खोजे पछि आर्जित भएर लकडाउन खोल्न एक महिलाले राष्ट्रपति समक्ष अपिल गरेकी छन् । यो घटना अफ्रिकी देश घानाको हो । आफ्ना श्रीमानको यौन व्यवहारका कारण तनावमा भएकी उक्त महिलाले भिडियोनै बनाएर आफ्नो पीडा व्यक्त गरेकी हुन् ।

यौनको मामलामा श्रीमतिको ईच्छा नबुझीकन यौन कार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढि घातक साबित हुन सक्छ । यौन क्रियाकलापमा यौनजोडीबीच समझदारी र सहकार्य हुनु जरुरीहुन्छ । तनावले यौनजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ । अ

सुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुनसक्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक-अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक-अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नुहुँदैन । बिपतिले पुरुषलाई भन्दा महिलालाई बढि मानसिक असर पुर्याउछ ।

साथै लकडाउनले महिलाहरुमा घरयायसी कामको बोझ पनि बढाएको हुनसक्छ। जसको कारण महिलाहरुमा अझै बढि तनाव, निराशा पैदा भएको हुनसक्छ । यस्तो अवस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा यौन जोडीबिच असमझदारी तथा झैझगडा हुनपुग्छ । यौन दुर्व्यवहार तथा यौन हिंसाका घटना समेत घटन सक्छन् ।

डर-त्रास र तनावलाई कम गर्न भन्दै रक्सी सेवन गर्दा व्यक्तिमा यौन उच्छृंखलता बढ्न सक्छ । नसा तथा लागू प्रदार्थको सेवनले यौन दुर्व्यवहार तथा यौनहिंसा समेत बढाउँछ । नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् ।

बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् । यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएका छन् । लकडाउनको समयमा विश्वभरि नै यौनहिंसा बढेर गएको तथ्यांकले देखाएकोछ ।

यी घटनाहरु बढनुमा लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हो ।
बिपतिको बेला यौन जोडीमा धैर्यता र समझदारी आवश्यक हुन्छ । बिपतिले पारेको शारीरिक , मानसिक, सामाजिक तथा यौनको असरलाई ख्याल गर्दै परिवर्तित अवस्थामा एक अर्कोको मनोविज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने परिवारिक कलह तथा यौन हिंसालाई कम गर्न सकिन्छ ।

लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोगगर्छ । भावनात्मक रुपमा एक-अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ। व्यक्तिमा आत्मबल बढेर जान्छ साथै शरीरमा स्फूर्ति तथा जोस-जाँगर बढ्छ ।

तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ । यौन सम्बन्धी तथा अन्य मानसिक समस्यामा परेका हरुका लागिलकडाउनको अवधिभरि मार्क नेपाल मनोसेवा केन्द्रले निशूल्क मनोपरामर्श सेवा प्रदान गरिरहेकोछ । जसको लागि ९८१३५२७७३२ मा फोन गर्नसक्नु हुनेछ ।

प्रतिक्रिया