बमजनलाई पक्राउ गर्न प्रहरी सिन्धुली आश्रममा

कृष्ण रोकाया

पिएनपिखबर : आफ्नै अनुयायीमाथि यौन शोषण गरेको आरोपमा पटक–पटक विवादमा तानिएका लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजनविरुद्ध यूरापियन यूनियन र अमेरिकनहरूले षड्यन्त्र गरेको तथा हत्या र बलात्कारको आरोप प्रमाणित नभएको पछिल्लो समय विभिन्न मिडियाहरुमा समाचार आइरहदा प्रहरी भने आज एकाबिहानै बमजानलाई पक्राउ गर्न बमजनकै सिन्धुली स्थित आश्रममा पुगेको खबर बाहिरिएको छ। सर्लाही जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति लिएर उनलाई पक्राउ गर्न बिहान छ बजेदेखि आश्रम र वरिपरिको जंगलमा खोजे पनि नभेटिएको र आश्रमस्थित उनी बस्ने मूलघरमा ताला लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले बताए।

‘तपस्वी’को रुपमा चर्चा कमाएका राम बहादुर बम्जन हत्या–हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेपछि विवादमा तानिएका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले बमजनविरुद्ध हत्या र बलात्कारमा छानविन गरेपनि अहिलेसम्म कुनै प्रमाण भेट्टाउन नसकेको कुरा बाहिरिएको थियो । बमजनविरुद्ध कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको थियो ।

क्रिश्चियनहरूले नेपालमा आफ्नो निशासना गरिव जनता, आदिवासी जनजाति र दलितहरूलाई बनाउँदै आएका छन् । यो समूह नै बमजनप्रति आकर्षित भएपछि क्रिश्चियन गतिविधिमा बाधक भएको ठानेर सिध्याउने खेलामा लागेको समेत समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया