बर्थडे पार्टी मनाउन बोलाएका ३२ जना साथीहरू नआएपछि

रिता घिसिंग

एजेन्सी : आफ्नो मिल्ने साथाभाईहरुका बीच आफ्नो जन्मदिन मनाउदाको आनन्द र त्यसबेलाको खुसि बेग्लै हुन्छ। प्राय सबैले आफ्नो जन्मदिनकै अवसरमा पार्टी मनाउन आफ्ना साथाभाइहरुलाई विशेष निमन्त्रणा समेत गर्ने गरिन्छ।

अझै कसैले त क्याफे, होटल लगायतका स्थानहरुमा विशेष कार्यक्रमको समेत आयोजना गरेको पाइन्छ। तर यदि त्यस्तो बेला निमन्त्रणा गरिएका साथीभाई आइदिएनन भने कस्तो महसुस होला ! यस्तै एउटा घटना एरिजोनामा घटेको छ। ६ वर्षीय टेडी मज्जिनी नाम गरेका बालकले आफ्नो जन्मदिनमा ३२ जना कक्षाका साथीहरुलाई बोलाएका थिए। तर पार्टीमा कोहि उपस्थित भएनन्।

उनले आफ्नो साथीहरुलाई पार्टी दिन एरिजोनाको टकसनस्थित पिटर पाइप पिजा रेष्ट्रुरेन्टमा पार्टीको आयोजना गरेका थिए। तर उक्त पार्टीमा प्राय कोही पनि साथीहरु आएनन्। टेडीले उनको त्यो पार्टीमा साथीहरुसँगै उनीहरुका परिवारसमेतलाई बोलाएका थिए।

उनकी आमा सिल मज्जिनीका अनुसार आफ्नो छोराको जन्मदिन मनाउन ३२ साथी र उनीहरुका परिवारलाई निमन्त्रण पठाइएको थियो। तर प्राय कोही पनि आएनन्, केहीले मात्र पार्टीमा उपस्थिती जनाए।

आफ्नो जन्मदिनमा साथीहरु नआएपछि टेडी निकै दुखित थिए। सोही क्रममा त्यहाका एक स्थानीय पत्रकार निक भिन्जान्टले प्लेटसहितको टेडीको फोटो सामाजिक संजानमा फेसबुकमा पोष्ट गरे। पोष्ट गरेको केही क्षणमा त्यो तस्विर भाइरल समेत हुन पुग्यो।

फेसबुकमा ती पत्रकारले आफ्ना अन्य साथीलाई टेडीको जन्मदिनमा शुभकामना दिन समेत लेखेका थिए। र त्यो तस्विर देखेर क्षणभरमै द फोइनिक्स सन्स एनबिए टिम र फोइन्क्सि एमएलएस टिमले ६ वर्षीय टेडीलाई उनीहरुको आउने खेलमा जन्मदिन मनाउन निमन्त्रण गरे।

प्रतिक्रिया