बर्थडे स्पेशल : रिसाएर गएकी गौरीको खोजमा शाहरुख पुगेका थिए पहिलो पटक मुम्बई, विताउनु पर्यो सडक मै रात

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  भारतीय सिनेमा जगतका अहिलेसम्म जति पनि वैवाहिक जीवनमा बाधिएका जोडीहरु छन् ती मध्य सबैभन्दा सफल प्रेम कथा यदि कसैको छ भने त्यो बलिउडका बादशाह शारुखान र गौरी खानको छ। आज शाहरुख खानको जन्मदिनको अवसरमा हामी तपाईलाई उनको प्रेम कहानीसँग जोडिएको केहि नसुनेका कुराहरु बताउन गईरहेका छौ।

उनीहरुको प्रेम कहानी सन् १९८४मा शुरु भयो। त्यस बखत दिल्लीको पंचशील क्लबमा चलिरहेको एक पार्टीमा १९ वर्षका शाहरुखको नजर १४ वर्षिया गौरीमाथि पर्यो। त्यस पार्टीमा शाहरुख खानले गौरीलाई अर्को केटासँग डान्स गरिरहेको देखेका थिए। त्यसै समय उनलाई गौरीसँग माया बस्यो। शाहरुखले गौरीलाई हेर्ने वितिकै आफ्नो मुटु दिए। तर त्यस रात शाहरुख गौरीसँग कुरा गर्ने हिम्मत जुटाउन सकेनन्।

त्यसपछि २५ अक्टुबर, १९८४मा शाहरुखले गौरीको घरको फोन नंबर हासिल गरे। त्यसपछि शुरु भयो कुराकानी।  गौरीलाई इंप्रेस पार्न शाहरुखले, “गोरी तेरा गांव बड़ा प्यारा मैं तो गया मारा’.भन्ने बोलको गीत गाएका थिए। गौरी र शाहरुखको प्रेम झन् दिन प्रतिदिन बढ्दै गईरहेको थियो। शाहरुख गौरीलाई लिएर एकदम मरिहत्ते गर्दथे। यति मात्रै हैन उनी यति सानो कुरामा पनि झगडा गर्ने गर्दथे। जस्तै ; ‘कपाल किन खुल्ला राख्ने गर्छौ।’.

शाहरुखको पोसेसिवनेसबाट चिन्तित भएर गौरी उनलाई नबताई दिल्लीमा छोडेर आफु मुम्बई गईन। शाहरुख गौरीलाई खोज्न आफ्नो मित्रसँग मुम्बई पुगे। मुंबईमा पहिलो दिन शाहरुख आफ्नो एक मित्रको फ्ल्याटमा बसे तर तेस्रो दिन साथीको बाबुआमा आए जसकारण उनी तेस्रो रात भीटी स्टेशन नजिक एक बेन्चमा नै गुजारे।

धेरै खोज पछि शाहरुखले गौरीलाई मुम्बईभरि खोजे र उनी भेटिईन। शाहरुखलाई देखेर गौरी रुन थालिन। गौरी दिल्ली फ़र्कीइन तर उनले यस सम्बन्धलाई लिएर फौसला गर्न सकिरहेकी थिइनन्।उनले शाहरुखलाई केहि दिनसम्म मिल्न नचाहेको बताईन। उनको यस कुराले खानको मुटु छिया छिया भयो। त्यसपछि शाहरुख आफ्नो टिभी सीरियल र थिएटरको काममा भिज्दै गए। उनले गौरीलाई फोन गर्न पनि बन्द गरिदिए।
केहि महिना पछि शाहरुखलाई गौरीको पत्र मिल्यो जसमा गौरीले लेखेकी थिइन् कि उनले अति नै मिस गरिरहेकी छिन्। त्यसपछि उनीहरु बीच सब ठिक भयो।
तर विवाह उनीहरुको लागि अझै प्रस्न नै थियो गौरी हिन्दु थिइन् र शाहरुख मुसलमान। विवाहलाई लिएर कुरा चलिरहेको थियो। तब अचानक शाहरुखकी आमाको स्वास्थ्य समस्या आयो। १४ अप्रिल १९९१मा शाहरुखकी आमा लतीफ फातिमाको निधन भयो।

आमाको मृत्युको दुई हप्तापछि दिल्ली छोडेर मुम्बई शिफ्ट हुने फैसला लिए। त्यसपछि २६ अगस्त १९९१ मा शाहरुख र गौरीले कोर्टमा विवाह गरे। शाहरुख र गौरीको निकाह पनि भयो जसमा गौरको नाम आयशा राखियो। त्यसपछि २५ अक्टूबर १९९१मा हिन्दु रीति-रिवाजको अनुसार दुवैको विवाह भयो। जसमा शाहरुखको नातेदार र फिल्म इंडस्ट्रीका उनका साथी राजीव मेहरा, अज़ीज़ मिर्जा र विवेक वासवानी उनको जन्तीमा सहभागी भए।

विवाहको अर्को दिन शाहरुख र गौरीमुम्बई पुगे किनभने शाहरुखलाई फिल्म ‘दिल आशना है’को शूटिंग गर्नु थियो। उनी त्यसपछिको पाँच महिनासम्म निर्देशक अज़ीज मिर्जाको फ्ल्याटमा बसे। गौरी मुम्बईमा नयाँ थिइन भने शाहरुख फिल्म इंडस्ट्रीमा आफ्नो कदम जमाउन सकिरहेका थिएनन्। शुरुवातमा दुबैले धेरै संघर्ष गर्नुपर्यो। तर शाहरुख गौरीलाई पटक-पटक राम्रो दिन चाडै आउने भन्दै सम्झाई रहन्थे। यस्तै नै भयो.. १९९२मा शाहरुख खानको फिल्म ‘दीवाना’ रिलीज भयो। दक्षिण दिल्लीमा पूरा छिब्बा परिवार पनि ‘सपना थिएटर’ आफ्नो ज्वाईको पहिलो फ्लिम हेर्न पुगे।

त्यसपछि शाहरुखको गौरीसँगको वैवाहिक जीवन निकै राम्रो रहयो। तर २०११ मा यस्तो पनि भयो जुन उनको जिन्दगीमा पहिला भएको थिएँन। अभिनेत्री प्रियंका चोपड़ासंग उनको जोरदार अफेयरको खबर व्यापक फैलियो। जसले उनको वैवाहिक जीवनमा तहल्का मच्चायो। उनले परिवारकै लागि प्रियंकासँग कहिले काम नगर्ने फैसला लिएको खबर पनि आएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू