ब’ला’त्कारका घ’टना अरु देशको तुलनामा नेपालको अवस्था चि’न्ताजनक नभएको गृहमन्त्रीद्वारा दाबी

admin

काठमाडौं, १४ असोज : गृहमन्त्री रामबहादुर थापा बादलले ब’ला’त्कारमा संलग्नलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा गृहमन्त्री थापाले निर्मला पन्तको ब’ला’त्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अ’पराधीलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको र ब’ला’त्कारका घ’टना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका हुन् ।

गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ/सात जना ब’ला’त्कृत हुने गरेको देखिएको भन्दै यो समस्या रोक्न पहल भइरहेको बताए । यसैक्रममा गृहमन्त्री थापाले ब’ला’त्कारका घ’टना रोक्न पी’डकको पहिचान तथा कारबाहीलाई सशक्त बनाउनुको साथै कानुनमा केही कमजोरीहरु छन् कि भन्ने विषयमा समेत बहस भइरहेको बताए ।

गृहमन्त्री थापाले देशमा ब’ला’त्कारका घ’टना बढे पनि विश्वका अरु देशको अवस्था तुलना गर्दा नेपालको अवस्था चि’न्ताजनक नभएको दाबी गरे । विश्वका दुई सय देशको अवस्था तुलना गर्दा नेपालको अवस्था राम्रो भएको तर अहिलेको अवस्था रोक्न पनि सरकारले काम गरिरहेको उनले बताए ।

उनले भने, ‘‘झण्ढै सवा २०० कन्ट्रीहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चि’न्तित हुनुपर्ने स्थिति पनि होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान पछाडिबाट हेर्दा सवा दुई सवाभित्र हामी टप १५ मा छौं । अमेरिका पनि टप १० भित्र पर्छ । त्यहाँ ब’ला’त्कार घ’टना प्रतिमिनेट ७ वटा हुने गर्छ भन्ने कुरा आएको छ । तर पनि हामीले हाम्रो अवस्था बदल्न जरुरी रहेको छ । यस्ता घ’टना रोक्न सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ ।’’

घ’टनामा संलग्नलाई कानूनी क’ठ्घरामा ल्याउन प्रहरी प्रशासन सफल हुने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे । थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बला’त्कार तथा ह’त्याका आ’रोपीलाई कानूनी दायरामा ल्याउन सरकारले क’डा कदम चालेको पनि उनले स्पष्ट पारे ।

सम्झानाको असोज ७ गते ब’ला’त्कारपछि ह’त्या गरिएको घ’टनाका आ’रोपितलाई प्रहरीले पक्राउ गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया