बलात्कारको ओरोपमा असई पक्राउ

admin

काठमाडौंँ, १५ साउन :  विवाह गर्ने आश्वासनमा वर्षौ यौ न शोषण गरेको आरोपमा नेपाल प्र हरीका असर्इ प क्राउ परेका छन् । २०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई ब लात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा असई जितेन्द्रनारायण मण्डललाई इटहरी प्र हरीले प क्राउ गरेको हो ।

जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले प क्राउ पूर्जी जारी भएपछि प्र हरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्र हरी समक्ष आत्मसमर्पण गरेको इलाका प्र हरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिनुभयो ।

मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध राख्दै आएको पीडित युवतीको भनाइ छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्र हरीमा उजुरी गरेको केसीले बताउनुभयो ।

युवतीले न्यायको माग गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरमा समेत निवेदन दिएकी थिइन् । त्यसपछि असई मण्डल प्रदेश प्र हरी कार्यालय विराटनगर तानिएका थिए । मण्डलले युवतीलाई आर्थिक प्रलोभन देखाउँदै मिल्न दबाब दिएको युवतीले बताएकी छन् ।

असई मण्डलले साउन ३ गते युवतीलाई ‘सल्लाह गर्न आऊ’ भन्दै बोलाएर ५० हजार रुपैयाँ दिने भनेर मिल्न दबाब दिएको समेत युवतीले बताइन् । मण्डलले लेखापढी व्यवसायीलाई युवतीसँगको सबै सम्बन्ध समाप्त भएको भन्दै कागज लेख्न लगाएर युवतीलाई सही गर्न भनेको तर आफूले हस्ताक्षर नगरेको युवतीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा विवाह गर्न नमानेपछि युवतीले बलात्कार मुद्दा दिएको खुलेको छ । कसैलाई झुटा आवश्वासन दिएर शारिरीक सम्बन्ध राखे पनि त्यो बलात्कार हुने कानूनमा उल्लेख छ ।

प्रतिक्रिया