ब’ला’त्कारपछि ह’त्या, भागरथी भट्टले न्याय पाउनुपर्छ, दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी

admin

काठमाडौं, २७ माघ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमकुमार सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षकी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या प्रकरणका दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने र कारबाही गरिने विश्वास दिलाएका छन् ।

(हिजो) सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा बोल्दै डिआईजी सुवेदीले यो घट्नामा नेपाल प्रहरी सफल हुने र छिट्टै दोषीलाई सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफूहरुले अहिले घट्नाबारे गम्भीर अनुशन्धान गरिराखेको पनि जानकारी दिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :-

भागरथी भट्टको हत्या प्रकरण कहाँ पुग्यो ? ब’ला’त्कारपछि ह’त्या गरिएको कुरा बाहिर आएको छ, वास्तविकता के हो ?

हामी अनुसन्धानकै प्रक्रियामा छौं । र, म आफूपनि घट्नास्थलकै आसपासमा बसेर टिमसहित अनुसन्धान गरिराखेको छु । विगतमा अनुसन्धानको क्षेत्रमा लामो अनुभव भएका जवानहरुको संलग्नतामा हामीहरुले अनुसन्धान गरिराखेका छौं । र, त्यसमा हामीलाई स्थानियवासी र जनप्रतिनिधिहरुले पनि साथ दिइरहनुभएको छ । अनुसन्धानका सबै पाटाहरु, जुन हामीले गर्नुपर्ने हो ती सबै हामीले गरिराखेका छौं । र, यसमा देखिएका प्रगतिहरु हामी चाँडैनै सार्वजनिक गर्छौं ।

अनुसन्धान कहाँ पुग्यो त ? तपाईँहरु यो घट्नाको दोषी अथवा अ’पराधीलाई पक्रन कहिले सफल हुनुहुन्छ ?

यो मितिमा, यो गतेमा समातिन्छ भनेर अनुसन्धानमा ठ्याक्कै भन्न सकिने कुरो होईन । हामीले गर्नुपर्ने सबै पोस्टमार्टमको प्रक्रिया पनि चलिरहेका छन् । अन्य गर्नुपर्ने सबै कुरा भइरहेका छन् । कानूनी अनुसन्धान गर्नुपर्ने कुराहरु हामीले गरिरहेका छौं । यिनी गरिरहेका कुराभित्र के भइरहेको छ भन्ने कुरा सार्वजनिक गर्ने कुरा होइन । हामी तथ्यहरू सबै पुष्टी भइसकेपछि हामी सार्वजनिक गर्छौं ।

भोलि त तपाईँहरुले सार्वजनिक गर्नुहोला, तर अहिले अनुसन्धानले के देखाउँछ ?

अहिले हजुरलाई निवेदन गर्दा यो अत्यन्तै दुःखद् घट्ना घटेको छ । एक जनाको दुःखद् घटना घटेको छ । यहाँबाट हामीले अनुसन्धान प्रक्रिया सुरु गरेका छौं । चाँडैनै यसको सबै कुरा सार्वजनिक गर्छौं ।

पोष्टमार्टम रिपोर्टमा के आयो ? तपाईँले अध्ययन गर्नुभयो होला नि ?

त्यो रिपोर्ट आउने क्रममा छ । सायद, आज आउला ।

पोष्टमार्टमको रिपोर्ट त हिजो नै आईसकेको भन्ने कुरा छ नि ?

हिजो आयो होला, तर प्रहरीले पाएको छैन् ।

उसो भए नेपाल प्रहरीले अहिलेसम्म पाएको छैन् ?

छैन । छैन । डाक्टर साहेवले निकाल्नु भएको छैन् ।

पोष्टमार्टम रिपोर्ट आएलगत्तै ब’ला’त्कारपछि ह’त्या भएको भनिएको छ, तपाईँले के पाउनुभयो त सूचना ?

अरुतिर के-के आयो बाहिर भन्ने कुराको त मलाई त्यति जानकारी भएन । तर, हाम्रो अनुसन्धा प्रक्रिया र हाम्रो टिमसँग खटिनुभएको डाक्टर साहेवहरुबाट बाहिर आएको छैन् । सायद आजसम्म दिनुहुन्छ होला ।

अ’पराधीलाई पक्रनको लागि यहाँहरूले कुन प्रविधि अपनाइरहनु भएको छ ?

बाहिर के-के आयो भन्ने कुराको म जिम्मेवारी दिन्नँ । हामीले बाहिर भनेका पनि छैनौं । र, केही पनि गरेका छैनौं । ती कुरा के हुन् ? छुटै अनुसन्धान होला । तर, हाम्रो अनुसन्धान प्रक्रिया द्रुत गतिमा गएको छ । अनुसन्धानमा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरू अपनएर अगाडि बढिराखेका छौं ।

कञ्चनपुरकी निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भयो, अहिलेसम्म राज्यले अ’पराधीलाई कारबाही गर्न सकेको छैन् । निर्मलाको जस्तै यो घटना पनि दोहोरिने हो कि ? भनेर अहिले चिन्ता व्यक्त भैरहेको छ, तपाईहरु यो घट्नाका अ’पराधीलाई पक्रन सक्छौं भन्न सक्नुहुन्छ ?

हामी स्पष्टसंग भन्न सक्छौं । एउटा घट्नामा सफल सकेन भनेर यो घट्नामा पनि हुँदैन् भन्ने मिल्दैन् । हामीले सफलतापूर्वक अनुसन्धान गरेका छौं । ९७ प्रतिशत बलात्कारका घट्ना हामीले सफलतापूर्वक अनुसन्धान भएको छ नि । यसलाई पनि हेर्नुपर्यो नि त । खाली एउटा घट्नामा सकेन भने योपनि सक्दैन भनेर बाएस हुनुहुँदैन् । यो केश चाँडै हामी अनुसन्धान गर्छौ ।

मृ’त्तकको परिवारको चिन्ता र चासो छ नि त ? फेरी निर्मला पन्तको जस्तै हुने हो कि भनेर ? यसपटक तपाईँहरु दोषीलाई कारबाही वा कानूनी दायरामा ल्याउन चुक्नुहुन्न ? नि ?

हामी परिवारसंगै बसेका छौं । उहाँलाई हामीले विश्वास दिलाएका छौं । सम्पूर्ण नेपाली दाजुभाइलाई पनि हामी विश्वास दिलाउँछौं कि– हामी चाँडोभन्दा चाँडो यो घट्नाका दोषीलाई बाहिर सार्वजनिक गर्छौं ।

त्यसो भए यो केशमा नेपाल प्रहरी सफल हुन्छ ?

हजुर, हजुर ।

यो घट्नामा संलग्न अपराधी नेपालमा छैन, भारत गइसकेको छ अरे नि त ? तपाईँहरुको निश्कर्ष पनि त्यही हो ?

यो कुराले कुनै माने राख्दैन् । जहाँ भएपनि हामी ल्याएर आउछौं । भागरथी भट्टले न्याय पाउनुपर्छ, र अ’पराधीलाई कारवाही हुनुपर्छ, यसमा तपाईँहरुलाई सफलता मिलोस भन्न चाहन्छु। हामीलाई दबाब त छँदैछ, तर दबाबसागै जिम्मेवारीबोध गर्दै यस घट्नाका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं । र, कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।

प्रतिक्रिया