बलिउडकी अभिनेत्री सुष्मिता सेन विवाह गर्दै

मनिषा थापा

एजेन्सी : भारतीय अभिनेत्री सुश्मिता सेनले आफूभन्दा १५ वर्ष कान्छा रहेका मोडल रोहमन शालसँग बिहे गर्ने भएकी छिन्। लामो समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरु २०१९ को अन्तिममा बिहे हुने खबर छ। उमेरले ४३ पुगेकी सुष्मिता र उनको प्रेमीबीच १५ वर्ष उमेरको अन्तर छ ।

सुस्मिताले आफूहरुको भेट एक फेशन सोमा भएको र रोहणले इन्स्ट्राग्राममा म्यासेज पठाएपछि कुराकानी भएको बताएकी छिन्। १९९४ की मिस इण्डिया र विश्व सुन्दरी समेत रहेको अभिनेत्री सुस्मिताले झण्डै दुई दर्जन फिल्ममा अभिनय गरेकी छिन्।

भारतका चर्चित अभिनेत्रीहरु प्राय आफूभन्दा कान्छा व्यक्तिसँग बिहे गर्ने गरेका छन् । हालैमात्र बिबाह बन्धनमा बाँधिएकी प्रियंका चोपडाले आफूभन्दा १० वर्ष उमेर कम भएका निक जोनसँग विवाह बन्धनमा बाँधिएकी छन् ।

त्यस्तै एश्वर्या रायले पनि आफूभन्दा दुई वर्ष कान्छा अभिषेक बच्चनसँग विवाह बन्धनमा बाँधिएकी हुन् भने विपाषा बसुले पनि आफूभन्दा ४ वर्ष कान्छा किरण सिंह ग्रोवरसँग विवाह बन्धनमा बाधिएकी हुन् । त्यस्तै सेफ अलि खान र अमृता सिंह बीच पनि १२ वर्षको उमेर अन्तर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू