बलिउडमा डेब्यु गर्दै चर्चित कलाकार विश्व आनन्द… (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मानसिक रोगबाट ग्रषित भएर विगत १२ बर्षसम्म कोठामै थुनिएर बसेका कलाकार विश्व आनन्द पोखरेल पछिल्लो समय सामाजिक सन्जालमा छाहेका छन्।

उनको अव्यवस्थित कोठाको भिडियो सार्वजनिक भएपछि उनका अभिनय मनपराउने फ्यानहरु चिन्तित भएका थिए। दर्शकहरुको माया र साथका कारण उनको कोठाले केहि दिनमै रुप फेर्यो । उनी भन्छन, ‘विगतको दिन पूर्णजन्म जस्तो लाग्छ अहिले जुनी नै फेरियो।’

कोहिले उनलाई आफ्नो कोठा फोहोर राख्ने अल्छि भने। तर बिश्व आनन्द भने आफु मनको मैलो सफा गर्दै गरेको र मानसिक रोगलाई जित्दै गरेको अवस्थामा कोठाको फोहोरमा आँखा नगएको बताउँदै थिए ।

यसैबिच अब विश्व आनन्दले आफ्नो काम पनि थालेका छन् । पछिल्लो समय उनलाई भ्याईनभ्याई छ। उनी हालै ड्राइभिङ देखि मार्शल हार्ड पनि सिक्दै आइरहेका छन्। यसको साथै उनी प्र्याङ्कमा पनि बेलाबखतमा देखिदै आईरहेका छन। उनको अभिनय मनपराएर बलिउडबाट पनि अभिनयको लागि अफर आईरहेको उनले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू