ब’लिवुड अभिनेता गोविन्दाको कार दुर्घटना

पिएनपि खबर

काठमाडौं, ११ असार :  ब’लिवुड अभिनेता गोविन्दा अहुजाको कार दुर्घटना भएको छ । भारतिय सञ्चार माध्यमले जनाए अनुसार अभिनेता गोविन्दाको कारले अर्को कारलाई ठक्कर दिएको थियो ।

बुधबार साँझ उनको कार दुर्घटना भएको हो । कारमा गोविन्दाका छोरा यशवर्धन आहुजा र चालक सवार थिए । घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ।

ठक्कर दिने गाडीमा चालकमात्रै थिए । दुर्घटनामा कोही घाइते भएका छैनन् भने दुबै गाडीमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू