बलिउड अभिनेत्री दियाले गरिन् सम्बन्ध बिच्छेद

मनिषा थापा

एजेन्सी : बलिउड नायिका दिया मिर्जाले ११ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णबिराम लगाएकी छिन् । दीया र उनका पति साहिलबीचको सम्बन्धमा खटपट चलेपछि उनीहरुले कानुनी रुपमा अलग्गिने निर्णयमा पुगेका हुन् । आपसी सल्लाहमा नै यो निर्णय गरेको नायिका दियाले बताएकी छिन् ।

बलिउडमा नायिकासंगै निर्मात्रीको रुपमा पनि आफुलाई उभ्याएकी यी सुन्दरी नायिका दिया मिस एसिया पेसिफिकको विजेता समेत हुन् । दियाले सम्बन्धविच्छेद गरेको खबर सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । उनले डिभोर्सको बारेमा लेख्दै भनेकीछिन् – ‘हामीले एक आपसमा निर्णय लिएका छौँ की हामी अलग हुनेछौँ । हामी एक अर्काका साथी बनिरहने छौँ र एक अर्कालाई आदर एवं सम्मान पनि दिनेछौँँ ।’

‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू