बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा

मनिषा थापा

काठमाडौं : फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन्।

कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आज साँझ ७ :३० बजे आयोजना हुने फिल्म ‘पासवर्ड’को प्रिमियरका लागि सन्नी अपरान्ह सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।

शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ । फिल्म ‘पासवर्ड’को सन्नीले एक आइटम नृत्य गरेकी हुन्। सन्नीलाई नेपाली फिल्मको आइटमका लागि निर्माण युनिटले दुई करोड तिरेको बताइएको छ ।

‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू