बलिउड नायिका शिवानी भन्छिन्, ‘सिक्किममा मानिसले नेपाललाई आफ्नो भूमी सम्झिन्छन् तर हामीलाई ‘धोतिनी’ भन्दा चित्त दुख्छ’ 

मनिषा थापा

  नेपाली चलचित्र ‘कहीं कतै’ सुन २५ गते देखि रिलिज हुँदैछ। कहीं कतैमा अभिनेत्री शिवानी गिरिले अभिनय गरेकी छिन् । उनको यो डेब्यु चलचित्र हो। शिवानी गिरि सिक्किममा बस्छिन्।


उको परिवार नै सिक्किममा बस्छ र चलचित्र कहीं कतैलाई उनकै आमाले निर्माण गरेका हुन्। यस चलचित्रको ट्रेलर तथा गीत युट्युबमा रिलिज भैसकेको छ । ट्रेलर तथा गीतमा दर्शकहरुले राम्रो प्रतिक्रिया दिंदा उनी खुशी छिन्। तर, केही दर्शकले ‘धोतिनी’ भनेर कमेन्ट गरेको देख्दा भने उनको चित्त दुखेको छ।

उनी सिक्किम भारतमा भएतापनि आफूमा नेपालीपन भएको र नेपालकै चेली भएको बताउँछिन्। उनका अनुसार, सिक्किमका हरेक व्यक्तिले नेपाललाई माया गर्छन् र नेपाललाई नै आफ्नो भूमी सम्झिन्छन्। त्यहाँ पनि आफूहरु नेपाली बोल्ने, तर नेपालमा आउँदा स्वर फरक सुनिएको उनी बताउँछिन्।

शिवानी पन्ध्र वर्षकी मात्र हुँदा चलचित्र कहीं कतै निर्माणको घोषणा भएको थियो। चलचित्रको निर्माणको लागि समय लाग्यो। अहिले उनी उन्नाइस वर्षमा टेक्दैछन्। कलिलो उमेरमा करियरमा अगाडी बढेको शिवानी गीत पनि गाउँछिन्। उनी छिट्टै नयाँ एल्बम ल्याउने तयारीमा छिन्। उनले गीत पनि नेपाली भाषाकै गाएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू