बलिउड स्टार सलमान खानसँग फिल्म खेल्ने चुप्पी डनको धोको (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोरङ्ग घर भएका नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए।

पछिल्लो समयमा सामाजिक संजालभरि नै उनको चर्चा हुने गर्दछ। यति सम्मकी उनको कला देखेर हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’बाट पनि अभिनय गर्ने अबसर आएको थियो। उनले मेरी बास्सैमा दुई भाग जति खेलेका छन् जुन दर्शकले धेरै मनपराए ।

जिब्रोले निधार छोएर अनुहार बंग्याउन सक्ने खुबीका कारण उनी रातारात भाइरल भएका हुन्। उनको जन्मजात नै दाँत पलाएको छैन। दाँत नहुनाले साह्रो चीज खान असहज हुने गरेको उनी बताउछन।

उनलाई बलिउडका सलमान खानसँग भेट्ने इच्छा मात्र हैन उनीसँग फिल्म खेल्ने पनि ठुलो धोको रहेको छ। हेर्नुहोस भिडियोमा चुप्पी डनसँग गरिएको रमाइलो कुराकानी….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू