बलिवुड अभिनेता राजपूतद्वारा आ’त्म’ह’त्या

admin

काठमाडौं, ३२ जेठ : बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले बान्द्रामा रहेको आफ्नै घरमा आ’त्म’ह’त्या गरेका छन् ।

उनले आ’त्म’ह’त्या गर्नुको कारण खुलिसकेको छैन । बीबीसीका अनुसार सुशान्त सिंह राजपूतका कामदारले बान्द्रा प्रहरी स्टेशनलाई यो कुराको जानकारी दिएका हुन् ।

सुशान्त सिंह राजपूतले किस देश में है मेरा दिल टीभी सीरियलबाट आफ्नो करियर सुरु गरेका थिए । टीभीबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए ।

डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी : द अनटोल्ड स्टोरी, काई पो चे र छिछोरे जस्ता केही फिल्ममा उनले लिड भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया