बलिवुड अभिनेता सुशान्तको फेसबुक प्रोफाइल चेन्ज भएपछि भावुक बने फ्यान !

admin

काठमाडौं, ८ भाद्र : बलिवुडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन भएको छ । सुशान्तको राजपूतको पीआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेका हुन् । सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरु हैरान भएका छन् ।

उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन् । उनका फ्यानहरू भावुक भएर तिमी जीवित भएर आफै प्रोफाइल परिवर्तन गरेको भए भनेर फ्यनाहरु भावुक भएका हुन् । सामान्यताः कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट् अपडेट हुँदैन । तर, उनका पीआर टीमले उनको फोटो परिवर्तन गरेका छन् ।

उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन् । जसमा एकजनाले लेखेका छन्, ‘सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ ।’ अर्को युजर्सले लेखेका छन्, ‘सुशान्त सधैँ हाम्रो यादमा रहनेछन् । ‘त्यसैगरी, अर्का युजर्सले लेखेका छन्, ‘यो कसरी हुन सक्छ ? कसले यो परिवर्तन गर्यो ?’

प्रतिक्रिया