बलिवुड अभिनेत्री पायल घोषमाथि एसिड आक्रमणको प्रयास

admin

एजेन्सी, ६ असोज : बलिवुड अभिनेत्री पायल घोषले आफूमाथि एसिड आक्रमणको प्रयास भएको बताएकी छिन् । दक्षिण भारतीय र बलिवुडका केही फिल्ममा अभिनय गरेकी अभिनेत्री घोष बलिवुड निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि मिडियामा छाएकी थिइन् ।

टाइम्स अफ इन्डियाका अनुसार औषधि किनेर घर फर्कदै गर्दा नकाब लगाएका मानिसले पायलमाथि एसिड छ्याप्ने प्रयास गरेका थिए । कसैमाथि शंका छ कि भनेर सोधिएको प्रश्नमा पायलले भनिन्, ‘स्वभाविक रुपमा उनीहरु शुभचिन्तक थिएनन् र यो योजनाबद्ध घटना थियो ।’ उनले यसविरुद्ध कडा कदम चाल्नेसमेत बताएकी छिन् ।

पायलले आफूमाथि आक्रमण भएको बताइएको भिडियोमार्फत भनेकी छिन् । उनका अनुसार कारभित्र चालक सिटमा बस्न लाग्दा उनको टाउकोमा कसैले रडले हिर्कायो । उनीहरुको हातमा बोतल थियो जसमा एसिड भएको पायलको आशंका छ । उनले राति १० बजे भएको घटनामा उनको हातमा समेत चोट लागेको बताएकी छिन् ।

प्रतिक्रिया