बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

राष्ट्रिय समाचार समिति

भक्तपुर, १३ कात्तिक : भक्तपुर नगरपालिका– १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नं को बसले सडक छेउमा पार्किङ गरी राखेको बा७०प ६१९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको छ ।

ठक्करबाट घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

मोटरसाइकललाई ठक्कर दिएको बसले अनियन्त्रित भई पुनःपैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने १८ वर्षीय विशाल तामाङको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले दुवै सवारी साधन र मादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याखोलाई पक्राउ गरी अनुसन्धान जारी राखेको बताएको छ ।

प्रतिक्रिया