बसबाट खसेर घाइते भएका भट्टको ज्यान गयो

admin

काठमाडौं, १६ फागुन : गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा ज्यान गएको छ ।

गत सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा२ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खसेका थिए ।

प्रतिक्रिया