बसले जिपलाई ठक्कर दिँदा तीन बालबालिका सहित सात घाइते

admin

दैलेख, २१ साउन :  कर्णाली राजमार्गस्थित चामुण्डा विन्द्रासैनी नगरपालिका–७ रामघाटमा यात्रुवाहक बसले जिपलाई ठक्कर दिँदा जिपमा सवार तीन बालबालिका सहित सात जना घा इते भएका छन् ।

ठाटीकाँध गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगञ्जबाट मुगु तर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठ क्कर दिएको हो ।

दु र्घटनामा ठाटीकाँध गाउँपालिका–३ बस्ने २१ वर्षीया मनिषा सारु मगर, २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीय हिमाल बोगटी, ९ वर्षीया जीवन बोगटी, ७ वर्षीया कमला लामिछाने, १ वर्षीया लिजा आलेमगर र कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय खगेन्द्र अधिकारी घा इते भएका छन् ।

घा इते सबैको अवस्था सामान्य रहेको र घा इतेहरुको कर्णाली राजमार्गमै रहेको साङलेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्र हरी कार्यालय दैलेखका प्र हरी निरीक्षक राजेश साहुले बताए । प्र हरी निरीक्षक साहुका अनुसार बस, जिप र दुई जना चालकलाई प्र हरीले नियन्त्रणमा लिएको छ । ठक्करबाट जिपमा क्षति पुगेको प्र हरीले जनाएको छ । साथै घ टनाको छानविन गरिने प्र हरीले जनाएको छ ।

प्रतिक्रिया