बस र ट्रक ठोक्कीँदा तीन जना घाइते

राष्ट्रिय समाचार समिति

चितवन, ४ फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो ।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया