बहराइनको श्रम बजार अगष्ट ९ देखि खुल्दै

admin

काठमाडौं, १८ साउन : कोरोना महामारी सुरु भएसँगै गएको मार्चदेखि नै ठप्प भएको बहराइनको श्रम बजार ९ अगष्टदेखि खुल्ला गर्ने भएको छ ।

कोरोनाको कारण ठप्प भएको रोजगारीका अवसरहरु खुल्नेछन् भने बहराइन सरकारले नयाँ ‘वर्क परमिट’ (कामको लागि नयाँ अनुमति) पनि दिने भएको छ ।

बहराइन सरकारको यो निर्णयले त्यहाँका निजी क्षेत्रले विदेशी कामदार पनि काममा लिन सक्नेछन् । अहिलेलाई भने बहराइनमै रहेका विदेशी नागरिक र बहराइन नागरिकका लागि यो निर्णयले महत्व दिएको छ ।

अब बहराइनमा खुल्ने नयाँ रोजगारीका अवसरमा पहिलो प्राथमिकता बहराइनका नागरिकलाई नै दिइने छ भने त्यसपछि बहराइनमै रहेका नेपालीसहित अन्य विदेशी नागरिकले पनि कामका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया