बहुप्रतिष्ठित चलचित्र  ‘२.०’ काे ट्रेलर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउडमा निकै नै बहुप्रतिष्ठित चलचित्र  ‘२.०’ काे ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार रजनिकान्त र अक्षय कुमारकाे मुख्य भुमिका रहेकाे फिल्मकाे ट्रेलर शनिबार सार्वजनिक भएको हो ।

शंकर शंमुगम निर्देशित फिल्म ‘२.०’ हिन्दी फिल्मको इतिहासमै सर्वाधिक लागतमा बनेको फिल्म हाे । फिल्म ६०० कराेडकाे लागमा बनेकाे बताइएकाे छ । फिल्मले ट्रेलर मार्फत निकै नै राम्राे प्रशंसा बटुलिरहेकाे छ । कतिले याे फिल्म कल्पना भन्दा बाहिर बनेको प्रतिक्रिया दिएका छन् ।

रजनी र अक्षयसँगै फिल्ममा एम्मी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ । फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू