बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि प’क्राउ

राष्ट्रिय समाचार समिति

चिप्लेढुङ्गा, २२ असार : प्र’हरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई प’क्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्र’हरीले आइतबार प’क्राउ गरेको हो ।

गुरुङलाई कास्की जिल्ला अदालतबाट २०६० चैत १९ मा बहुविवाह मुद्दामा एक वर्ष ११ महिना २१ दिन कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो । जिल्लाबाट खटिएको प्र’हरी टोलीले गुरुङलाई पोखरा–१३ कमलपोखरीबाट प’क्राउ गरेको प्र’हरी प्रवक्ता प्र’हरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

त्यसैगरी प’क्राउ परेका अर्का फरार प्रतिवादी पोखरा–१० अमरसिंहका ४४ वर्षीय ओमबहादुर सिग्देल छन् । सिग्देलविरुद्ध २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा रु तीन हजार ११६ जरिवाना फैसला गरेको थियो ।

वडा प्र’हरी रामबजारको टोलीले सिग्देललाई प’क्राउ गरेको हो । प’क्राउ परेका दुवैलाई अदालतमा पेस गरिसकेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया