बहु-चर्चित फिल्म ‘शोले’की अभिनेत्रीको निधन

मनिषा थापा

एजेन्सी : बलिउड अभिनेत्री गीता सिद्धार्थको निधन भएको छ । उनको शनिबार मुम्बईमा निधन भएको हो।

उनी १९७०-८० को दशकका चर्चित अभिनेत्री हुन् । सन् १९७२ मा उनले फिल्म करियर शुरु गरेकी थिइन् । शोले, गर्म हवा, परिचय, त्रिशुल, जस्ता फिल्ममा उनी देख्न सकिन्छ ।

चार दशक लामो फिल्म करियरमा उनले बलराज सहानी, जितेन्द्र, जया भादुडी जस्ता चर्चित हस्तिसँग फिल्म खेलेकी थिइन्।

प्रतिक्रिया