बाँकी युवा खेलाडीले अस्ट्रेलियासँगको खेलमा अवसर पाउन सक्छन् : प्रशिक्षक अलमुताइरी

admin

काठमाडौं, २७ जेठ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि अवसर पाउन सक्ने सङ्केत गरेका छन् । विश्व कप छनोट अन्तर्गत भोलि अस्ट्रेलियासँग हुने खेलको बारेमा जानकारी दिन भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अलमुताइरीले यसअघिका खेलमा अवसर नपाएका युवा खेलाडीले पनि अवसर पाउन सक्ने बताएका हुन् ।

अस्ट्रेलियासँगको खेल गाह्रो भए पनि नेपालले सकभर राम्रो खेल्ने र समर्थकलाई खुसी दिन प्रयास गर्ने प्रशिक्षक अलमुताइरीको भनाइ छ । नेपाली टोलीको खेल्ने शैली सुधार भएको पनि उनको दाबी छ । पत्रकार सम्मेलमा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाल एक मेहनती टीम भएको र नेपालसँगको खेललाई लिएर आफूहरू उत्साहित रहेको बताएका छन् ।

उनले नेपाली खेलाडी र प्रशिक्षकले राम्रो गरिरहेको र नेपालको खेल्ने शैलीलाई सम्मान गर्ने पनि बताए । विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा (भोलि) शुक्रबार नेपालले कुवेतमा अस्ट्रेलियासँग खेल्न लागेको हो ।

प्रतिक्रिया