बागमतीमा मुख्यमन्त्री शाक्यले आज विश्वासको मत नलिने

admin

काठमाडौं, २४ असोज : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेश सभामा आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव टेबल गर्ने कार्यसूचि छ ।

प्रदेश सभाको आज बसेको पहिलो बैठकमा दलको नेताहरुले नवौ अधिवेशन तथा विजयी दशमीको शुभकामना मन्तव्य राखेका थिए । माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन दर्ता भएको प्रस्ताव आजै नभए भोलिसम्म टुंगो लगाउनुपर्ने बताए ।

नेपाली कांग्रेसको संसदीय दलको नेता इन्द्र बानियाँले विश्वासको मत लिने प्रक्रियालाई सभामुखले यथाशिभ्र चाडोभन्दा चाडो निष्पक्ष ढंगले अघि बढाउनुपर्ने बताए ।

गठबन्धनको संस्कार चलेको, मुख्यमन्त्री दाबी रहेको अवस्था तथा सरकार अल्पमतमा भएको अवस्थामा विश्वासको मत लिने प्रक्रियालाई छिटो अघि बढाउनुपर्ने बानियाँको भनाइ थियो ।

यसैगरी एकीकृत समाजवादी बागमती संसदीय दलको नेता राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रस्ताव सरासर अघि बढाएर चाडोभन्दा चाडो अघि बढाउन सभामुखलाई आग्रह गरे ।

‘कता–कता लाग्दो होला, मन्त्रीलहरुलाई झण्डा सहित टिकाटालोमा जान मन होला, तर अल्पमतमा परिसकेको सरकारको मन्त्रीले त्यसो गर्न उचित नहोला’ नेता पाण्डेले भने ।

प्रतिक्रिया