बाजुराका ध्रुव बिकको भ्वाइस अफ नेपालमा दमदार प्रस्तुति

admin

काठमाडौं :बु. न. पा. कपनको एकमात्र अन्तर्राष्ट्रिय अवार्ड प्राप्त तिरुपति इङ्लिस बोर्डिङ स्कुलको कक्षा ९ मा अध्ययनरत बाजुराका ध्रुव बिकले दि भ्वाइस अफ नेपालको ‘ब्लाइन्ड अडिसनमा दमदार प्रस्तुति दिएका छन् । उनले नेपाली चलचित्र सेल्फी किङको “जिन्दगीको के छ र भर” बोलको सुमधुर गीत गाउदै भ्वाइस अफ नेपालका निकै अनुभवी मानिएका जज दिप श्रेष्ठको कुर्सि फर्काउन सफल भएका थिए

बिकलाई पिएनपी मिडिया र तिरुपाती इङ्लिस बोर्डिङ स्कुलले सम्पुर्ण जिम्मेवारी सहित ३ बर्ष देखि नै काठमाडौंमै पढाई रहेको छ ।

बिक सिजन कै कान्छो प्रतियोगी हुन ।आगामी चरणहरूमा सफलता प्राप्तीका साथै उत्तरोत्तर प्रगति र सुन्दर भविष्यको लागि हार्दिक शुभकामना।।।

प्रतिक्रिया