बाजुराको ध्रुव विकको पहिलो गीतमा भाइरल भिम विकको अभिनय (भिडियो)

मनिषा थापा

 पिएनपिखबर : सानै उमेरमा आफ्नो अद्भुत गायन प्रतिभाका कारण भाइरल भएका ध्रुव विकको पहिलो गीत ‘यस्तो होस मरण मेरो’ पिएनपिमिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

अत्यन्तै भावुक यस गीतको भिडियो काठमाडौँको पशुपति, तनहुँको देवघाट लगायतका मनोरम स्थलहरुमा छायांकन गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको यस गीतमा गायक बाबुल गिरीको संगित तथा अरेन्ज रहेको छ।

पिएनपिमिडियाले निर्माण गरेको यस म्युजिक भिडियोमा अहिलेका भाइरल भिम विकको अभिनय रहेको छ । मच्छेनारायण श्रेष्ठको छयांकन, प्रविण गिरीको सम्पादन तथा रायन कार्कीको निर्देशन रहेको छ। सानै उमेरमा आफु अध्ययन गर्ने विद्यालयको एक कार्यक्रममा गाउँदै गरेको भिडियो भाइरल भएपछि ध्रुब बिकको निकै खोजी भईरहेको थियो।

उनको प्रतिभाको कदर गर्दै र उनको प्रतिभा सबै माझ प्रस्तुत गराउन पिएनपिखबरडटकमको टिम ध्रुबको घर बाजुराको मार्तडी बजार पुगेको थियो। उनी हाल काठमाडौँको तिरुपाती बोर्डिंग स्कुलको होस्टेलमा बसेर नै पढ्ने भएकाले सामाजिक संजालमा निकै कम देखिएका हुन्। ध्रुब अहिले आफ्नो पढाईलाई प्राथमिकता दिदै छन्। अब भने उनको पढाईका साथ्-साथै गायक बन्ने सपना पनि पुरा भएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू