बाजुरामै पहिलो पटक पाँच दिने फुटबल कार्यशाला सम्पन्न

admin

बाजुरा : सुदुर पश्चिमको बाजुरा जिल्ला बुदिनन्द नगरपालिका – २ कोल्टीमा पाँच दिने फुटबल कार्यशाला सम्पन्न भएको छ ।

जे. जे. फाउण्डेशनको आयोजना, स्वस्तिश्री गुरुकुलको सहकार्य तथा सुर्यतारा फाउण्डेशन र साइनिङ्ग स्टार एफ. सी. को सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ५ देखि २१ वर्ष सम्मका सहभागी १४५ जना खेल प्रेमीलाई उपहार स्वरूप प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रमाण पत्रमा पूर्व राष्ट्रिय फुटबल क्याप्टेनहरु अनिल गुरुङ, हरि खड्का, राजु श्रेष्ठ तथा स्वस्तिश्री गुरुकुलका अध्यक्ष राम कृष्ण चित्रकारको हस्ताक्षर रहेको छ । तालिम दिनेहरुमा प्रमुख कोच पुष्प बिस्ट ज्वाला, कोचहरु मिलन रेग्मी, दिनेश रेग्मी, खेम कार्की र सहयेक कोचहरु सुप्रिया रावत र प्रविन भण्डारी रहेका छन् ।

हरेक वर्ष दशैंको बेला भब्य फुटबल प्रतियोगिताको आयोजना गर्ने गरेको तर यसपाली भने फुटबल कार्यशालामात्रै गरेको जे. जे. फाउण्डेशनका सभापति दिपेन्द्र रोकायाले बताउनुभयो  ।

प्रतिक्रिया