बाढीमा डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २७ असार : अविरल बर्षाका कारण देश भरको जनजीवन प्रभावित बनेको छ। अस्ति देखि लगातार परेको वर्षाले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परि मानवीय क्षती समेत भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाको विभिन्न स्थान समेत निकै प्रभावित बनेको छ। वर्षाकै कारण टेकुको बागमती खोला करिडोरमा पानीको बहाब बढ्दा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा उनको गाडी फसेको हो । गाडीमा कोइराला आफै सवार थिए ।

समाचारमा जनाए अनुसार त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी बाढीमा फसेपछि उनी गाडीवाट उत्रिएर केहीबेर नजिकैको चिया पसलमा अलमलिएका थिए । कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । लगातारको वर्षाले सिंहदरवारको पर्खाल समेत भत्किएको छ ।

यसरी डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू