बाढीले ६ जनाको मृत्यु, जनजीवन प्रभावित

admin

एजेन्सी : बाढीले भारतको केरलामा ६ जनाको मृ त्यु भएको छ । शनिबारदेखि निरन्तर परेको वर्षले जनजीवन पनि प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ । केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ ।

प्रतिक्रिया