बाबुको ह’त्या गरी गा’ड्ने छोरा प’क्राउ

admin

तनहुँ, ५ असाेज । जिल्ला प्र”हरी कार्यालय तनहुँले आफ्नै बाबुलाई क’र्तव्य गरी मा’रेर गा’डेको घ’ट’नाको अ’नु’सन्धान थालेको छ। आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्या’न मु’द्दामा अ’नु’सन्धान थालिएको हो।

बाबुको ह’त्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दा’हसंस्का’र गरेको भन्ने सूचना प्र’हरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त श’व सुरक्षित साथ उत्खनन गरिएको थियो।

छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी बाबुको ह’त्या गरेको र श’व उत्खनन गरी श’वजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

श’व परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्र’हरीले जनाएको छ। अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्या’न मु’द्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया